नेपालले आज ताजकिस्तान सँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिम सँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ । 

ताजकिस्तानको दुसनबेमा नेपाल घरेलु टोली सँग साँझ पौने ७ बजे आमने सामने हुन लागेको हो । ताजकिस्तान फिफा वरीयतामा १ सय ११ औं स्थानमा छ । नेपाल र ताजकिस्तानले हाल सम्म तीन खेल खेलेका छन् । 

सन् २०१७ मा दुई पटक र २०१८ मा एक पटक खेल भएका छन् । तीनवटै खेलमा नेपाल पराजित भएको थियो ।  यी तीन खेलमा ताजकिस्तानले ७ गोल गर्दा नेपालले मात्र १ गोल फर्काएको छ । फिफा वरीयतामा नेपालमा हाल १७६ औं स्थानमा छ ।  

एसियन कप सन् २०२३ को अन्तिम आठ सम्म पुगेको ताजकिस्तान विरुद्ध प्रतिस्पर्धा गरेपछि नेपालले डुसान्बेमै शनिबार अफगानिस्तानको सामना गर्नेछ । फिफा वरीयतामा अफगानिस्तान १ सय ५१ औं स्थानमा छ । तर, मैदानमा अफगानिस्तानको स्थिति फरक छ । 

यस अघिका पाँच खेलमा अफगानिस्तानले १ जित, २ हार र ३ बराबरी खेलेको छ । कुवेत सँग २ हार, भारत माथि १ जित तथा कतार र भारत सँगको बराबरी अफगानिस्तानको पछिल्ला नतिजा हुन् । अफगानिस्तानसँगका पछिल्ला ६ भेटमा तीन खेल नेपालले जित्दा दुई खेलमा बराबरी भएको थियो ।  एक खेल भने अफगानिस्तानले जितेको थियो ।

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…