सीआईबीको पत्रसँगै टक्सार महाशाखाले अघि बढायो सुन जोख्ने प्रक्रिया
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले सुन जोख्ने पत्र पठाएको छ । सीआईबीको पत्रसँगै टक्सार महाशाखाले २७ दिन अघि सिनामङ्गलबाट समातिएको सुन जोख्ने प्रक्रिया अघि बढाएको छ । सीआईबीसँगै राजस्व अनुसन्धान विभागले पनि पत्र पठाएपछि महाशाखाले सुन जोख्ने प्रक्रिया अघि बढने जनाएको छ । दुबै निकायको पत्रपछि करिव एक सय किलो परिमाणमा रहेको भनिएको सुनको आधिकारिक परिमाण पत्ता लाग्नेछ । यसका लागि एक हप्तासम्मको समय लाग्न सक्ने अनुमान छ । सुन जोख्ने र गाल्ने प्रक्रिया अघि बढेमा करिव पाँच दिन लाग्ने अनुमान छ । बरामद सुन सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ । बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन । ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो भएको छ ।
प्रतिक्रिया