‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ’

२९ औँ सम्मेलन (कोप–२९) सम्मेलन केन्द्रको दृश्य

अजरबैजान । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्ने जोड दिएका छन् । 

सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई  सम्बोधन गर्दै उनले तापक्रम वृद्धि रोक्न सबैले पहल गर्नुपर्ने बताएका हुन् ।

“नयाँ वित्तीय लक्ष्य निर्धारण गर्नुपर्छ, विकासशील देशहरूले बाकुबाट खाली हात फर्कनुहुँदैन,” उनले भने । विश्वको तापमान १ दशमलव ५ डिग्री सेल्सियस तापमान वृद्धिलाई सीमित गर्न पर्याप्त तयारी गर्न आवश्यक छ रहेको उनको भनाइ छ । जलवायुको भुक्तानी दिन आग्रह गर्दै महासचिव गुटेरेसले जलवायु–प्रेरित मानवीय विपद् रोक्नुपर्नेमा जोड दिए ।

उद्घाटन समारोहमा अजरबैजनका राष्ट्रपति इल्हामले विश्वभरका करिब दुई सय मुलुकका प्रतिनिधिलाई स्वागत गर्दै सबैलाई जलवायुले निम्ताएका समस्या समाधान गर्न एकता कायम गर्न आग्रह गरे । उनले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

संयुक्त राष्ट्र जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु सङ्कट तीव्र गतिमा अर्थतन्त्रलाई नष्ट गर्ने कारक बन्दै गरेको बताए । उनले विश्वभर बढिरहेको जलवायुजन्य सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै तरिकामा प्रभावित गरिरहेको बताए । समस्या समाधान गर्न सबैै एकजुट भएर लाग्नुपर्ने उनको जोड थियो ।

“जलवायुजन्य समस्या समाधानका हामी यहाँ बाकुमा छौँ, हामीले नयाँ जलवायुवित्त लक्ष्यमा सहमति गर्नै पर्छ । यदि कम्तीमा दुई तिहाइ राष्ट्रहरू छिटो उत्सर्जन कटौती गर्न सक्दैनन् भने, हरेक राष्ट्रले त्यसको मूल्य चुकाउनुपर्नेछ”, सचिव स्टियल भन्छन्, “के तपाइँ आफ्नो खाद्यान्न र ऊर्जाको मूल्य अझ बढोस् भन्ने चाहनुहुन्छ ?, के तपाइँ आफ्नो देशलाई आर्थिकरूपमा अक्षम बनाउन चाहनुहुन्छ ? के तपाइँ विश्वव्यापी अस्थिरता अझै बढोस् भन्ने चाहनुहुन्छ, जसले अमूल्य जीवनलाई जोखिममा पार्छ ? यो सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै तरिकामा प्रभावित गरिरहेको छ । अब समाधानका लागि एक हुनुपर्छ ।”

स्टियललका अनुसार महत्वाकांक्षी नयाँ जलवायुवित्तको लक्ष्य हरेक राष्ट्रको अझै सबैभन्दा ठूलो र धनी राष्ट्रहरू समेतको हितमा छ ।

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…