बालुवाटार जग्गा प्रकरणमा कुनै संलग्नता छैन: माधव नेपाल
विदेश भागेको भनेर भ्रम फैल्याइएको गुनासो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन । युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्केपछि आज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको, र कसैलाई मुआब्जा नदिकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताएका हुन । अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको तर पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरुले आफू भागेको भ्रम फैलाएको आरोप लगाए ।
बाइट ः
अध्यक्ष नेपालले आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्नेकुराले नभाग्ने बताए । कुनै गलत काम नगरेको भन्दै उनले जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने पनि बताए । अध्यक्ष नेपाल साउन २२ गते युरोप भ्रमणमा निस्केका थिए । त्यसको एकदिन अघि सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।।
प्रतिक्रिया