पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसबेला अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएको थियो ।
यो घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन् । उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको थियो ।
प्रतिक्रिया