भित्र रवि लामिछानेको बयान चल्दै, बाहिर सहकारीपीडित आन्दोलन गर्दै
भैरहवा । सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडित आन्दोलनमा उत्रिएका छन् ।
सदरमुकाम भैरहवाको बुद्धचोक र सरकारी वकिल कार्यालय नजिकै पीडितले प्रदर्शन गरेका हुन् । उनीहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग गरेका हुन् ।
सुप्रिम सहकारीपीडित समूहको नाममा भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएर पीडितले विरोध प्रदर्शन गरेका हुन् ।
सहकारीपीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको बताए ।
प्रतिक्रिया