पूर्वगृहमन्त्री लामिछानेसँग बयान लिँदै
गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ ।
पूर्वगृहमन्त्री लामिछानेलाई बुद्ध एयरको विमानबाट बुटवल पु¥याएर रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा निजसँग बयान जारी रहेको प्रहरीले जनाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा निजसँग बयान लिइएको हो ।
पूर्वमन्त्री लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराधको कसुरमा यही कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।
प्रतिक्रिया