नेपालद्वारा कुवेत सामु २१४ रनको लक्ष्य प्रस्तुत
काठमाडौं। युएइमा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट क्रिभकेटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ।
अजमानमा भइरहेको खेलमा कप्तान पूजा महतोको शतकसँगै नेपालले कुवेतसामु २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रन बनाएको छ ।
नेपाली टोलीका ओपनर साना प्रविन र सावित्री धामी मैदानमा जम्न सकेनन्। उता कप्तान पूजा र उपकप्तान सोनी पाख्रिनले १५७ रनको साझेदारी गरे । ६९ बल खेलेकी पूजाले १७ चौकासहित १३० रनको अविजित इनिङ्स खेलिन्। यस्तै, सोनी अर्धशतक बनाउन ७ रनले चुकिन्। ३३ बल खेलेकी उनले दुई चौकासहित ४३ रन बनाइन्।
प्रतिक्रिया