पूर्वमन्त्री मनाङेलाई लगियो अदालत, कारागार चलान गर्ने तयारी
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट अदालत लगिएको छ ।
अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभर्याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
प्रतिक्रिया