यस वर्षको बाढी र पहिरोमा परेर हालसम्म ४६ जनाको मृत्य,  ३१ जना बेपत्ता

यस वर्षको चालु मनसुनबाट ५१ जिल्ला प्रभावित भएका छन । गृहमन्त्रालअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यस वर्षको बाढी–पहिरोबाट ४६ जनाको मृत्यु भएको छ । बाढी–पहिरोमा परी ३१ जना हराइरहेका छन् । असार ४ गतेको बाढीमा बेपत्ता संखुवासभाको सुप हेवा हाइड्रोका १९ जना मजदुर अहिलेसम्म बेपत्ता नै छन् ।  मनसुनजन्य विपद्मा परी ५९ जना घाइते भएका छन् । १ सय ५६ घरमा पूर्ण क्षति पुगेको छ भने ६ सय ८२ घरमा आंशिक क्षति पुगेको तथ्यांकले देखाएको छ । हालसम्म पहिरोबाट मकवानपुरमा ५, ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ । बाढी–पहिरोबाट संखुवासभामा ३, पहिरोबाट ताप्लेजुङमा ३, बाढीबाट पाँचथरमा ३, पहिरोबाट अर्घाखाँचीमा ३, दोलखामा ३ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ  । बाढी–पहिरोबाट काठमाडौं, रूकुमपश्चिम, रसुवा, बैतडी, गोरखा, तनहुँ, भोजपुरमा २–२ जनाको मृत्यु भएको छ । प्राधिकरणले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको छ । 
 

प्रतिक्रिया