ठगीको अभियोगमा ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई कामपा–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जना बाट ८ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एक जना बाट २ लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना बाट २ लाख २५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौं महानगरपालिका–४ चप्पल कारखाना स्थित एक घरमा जुवातास खेलिरहेको अभियोगमा आठ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले उनीहरूको साथ बाट नगद ७९ हजार ४ सय ६५ रूपैयाँ र आठ बुक ताससमेत बरामद गरेको छ । 
रासस

प्रतिक्रिया