रबि लामिछानेलाई रुपन्देही लगियो
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) का सभापति रबि लामिछानेलाई आज पोखराबाट रुपन्देही पठाइएको छ ।
लामिछानेलाई आज बिहानै जहाज मार्फत रुपन्देही पठाउने तयारी भएकोमा मौसम नखुलेका कारण उनलाई पठाउन ढिलाइ भएको थियो । मौसम खुलेसँगै बुद्ध एयरको जहाज मार्फत केहीबेर अघि रुपन्देही पठाइएको हो । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रवि र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिबेदनमा जनाइएको छ । लामिछानेलाई भैरहवा विमानस्थलबाट सिधै बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
सभापति लामिछानेलाई सहकारीको रकम गैरकानुनी रुपमा अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सोही दिन लामिछानेलाई पोखरा लगिएको थियो । उनलाई आइतबार चौथो पटक जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रतिक्रिया