‘वर्तमान सरकार बाट जनताले धेरै अपेक्षा गरेका छन्’
बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकार सँग जनताले विकास–निर्माण लगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताए ।
नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यस मितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिए । देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको भनाइ थियो ।
विसं २०४६ को परिवर्तन पछि देशमा विकास निर्माणका कार्यले गति लिएका बताउँदै पूर्वअर्थमन्त्री डा. महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दल सँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गरे ।
“पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ”, उनले भने । स्थानीय तह बाटै नेता तथा कार्यकर्ता बीच एकता हुनुपर्नेमा जोड दिँदै उनले व्यक्ति भन्दा माथि पार्टीलाई राख्नुपर्ने बताए ।
रासस
प्रतिक्रिया