कागबेनीमा बाढीवाट प्रहरीचौकीसहित दश घरमा क्षति, जोमसोममा पक्की पुल बगायो

मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगाएको छ । वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी तल कागबेनी बस्तीमा छिरेपछि १० वटा घर÷होटल, प्रहरी चौकी, जोमसोम–कोरोरा सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ । त्यसैगरी बाढीले कागबेनीस्थित धर्मशाला पुरेको छ । मनसुनमा पनि पानी नपर्ने छायाँवृष्टि भएको मुस्ताङमा दुई दिनदेखि लगातार झरी परेपछि मुक्तिनाथदेखि केही तल झोङको पहिरो कागखोलामा मिसिएपछि बाढी आएको हो । स्थानीय, प्रहरी र त्यहाँ पुगेका पर्यटकहरु रातभर सुरक्षित स्थलमा आकासमुनी रात बिताएका छन । स्थानीय ठाडो कागखोलामा आएको बाढीले कागबेनी बस्तीमा बाढीले वितण्डा मच्चाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया