गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।
उनलाई आज राजधानीको सानोभर्याङको कम्फर्ट हाउजिङ बाट प्रहरीले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरे सँगै प्रहरीले पक्राउ गरेको हो । मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
हत्या प्रयासको मुद्दामा उच्च अदालतको सजाय सर्वोच्च बाट सदर भए सँगै फरार भएका मनाङे काठमाडौं मा समातिएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।
प्रतिक्रिया