ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकारमा वाल्ट्ज
एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त गर्ने निर्णय गरेका छन् ।
ट्रम्पले चीनको कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने जानकारी आफू निकटकालाई दिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिको आलोचना गर्ने वाल्ट्ज फ्लोरिडाका जनप्रतिनिधि र सेवानिवृत्त सैनिक अधिकृत हुन् । अमेरिकामा राष्ट्रिय सुरक्षा सल्लाहकार शक्तिशाली र महत्वपूर्ण पद भएपनि यसमा नियुक्तिका लागि सिनेटको मन्जुरी आवश्यकता पर्दैन ।
त्यस्तै ट्रम्पले थप दुई पदमा पनि महत्वपूर्ण नियुक्ति गरिसकेका छन । ६२ वर्षीय टोम होमन सीमा प्रमुखमा नियुक्त भएका छन् । यसैगरी न्यूयोर्ककी ४० वर्षीया एलिस स्टेफेनिकलाई उनले संयुक्त राष्ट्रसंघको राजदूत नियुक्त गरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया