जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
एजेन्सी । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी एलडीपी का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
जापानको संसदमा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त गरेका हुन् । इसिबाले सोमबारको संसद्को विशेष अधिवेशन अघि राजीनामा दिएका थिए । त्यसको केही घण्टा पछि संसदमा मतदान भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अक्टोबरमा भएको मतदानमा इसिबाको पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्मा बहुमत गुमाएको थियो । चार सय ६५ सदस्यीय संसद्मा एलडीपी–कोमेटो गठबन्धनले दुई सय १५ सिट मात्र ल्याएको थियो ।
तर, कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसदमा आवश्यक समर्थन प्राप्त गर्न नसके पछि संसदको विशेष अधिवेशन बाट इसिबा प्रधानमन्त्रीमा चयन भएका हुन् ।
प्रतिक्रिया