भारतको जिरिबाममा अनिश्चितकालीन कर्फ्यु

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । 

सोमबार शंकास्पद सुरक्षाकर्मीको भिडन्त भएपछि जिल्लामा कर्फ्यु लगाइएको हो । सोमबार मणिपुरमा सुरक्षाकर्मी र बिद्रोही बीच भएको भिडन्तमा १० जना मारिएका छन् । 

भारतीय सञचार माधयमका अनुसार जिरिबाम जिल्लामा केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफका सैनिक सँगको भिडन्तमा बिद्रोही मारिएका हुन् । भिडन्तमा एक सीआरपीएफ जवान पनि गम्भीर घाइते भएका छन । सो क्षेत्रमा सुरक्षा बलले घटनास्थल बाट ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरेको बताइएको छ । 

बोरोबेकरा प्रहरी चौकी नजिकैको ग्रामीण इलाकामा सैनिक बल र  बिद्रोही बीच भिडन्त भएको हो । बिद्रोहीले मेइती समुदायको बाहुल्यता रहेको गाउँका धेरै खाली पसल र घरहरूमा आगजनी समेत गरेको समाचारमा उल्लेख छ । 

बिहीबार सशस्त्र बिद्रोहीको आक्रमणमा ३१ वर्षीया आदिवासी महिलाको मृत्यु भएपछि उक्त क्षेत्रमा हिंसा र तनावको बढेको हो ।

प्रतिक्रिया