नारायणी नदीले सतर्कता तह पार ग¥यो, गण्डक ब्यारेजका सबै ढोका खोलिए

देशभर सामान्यदेखि पूर्ण बदली भई आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउसोपनि सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा दिउँसो मेघगर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना औल्याइएको छ । आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी तथा मंगलबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको भनाइ छ । यसैविच लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको हो । नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । उता सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएको छ । आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै सबै ५६ वटै ढोका खोलिएको हो । पानी तीन लाख क्युसेकभन्दा बढी पुगेसँगै ब्यारेजका ढोका खोल्न लगाएको प्रशासनले जनाएको छ । अविरल वर्षाका कारण आज नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली र यिनका सहायक नदीको जल सतह सतर्कता आसपास पुग्ने र केहीमा खतराको तहमा पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो एक सातामा मात्रै मौसमजन्य प्राकृतिक विपद्का ७८ घटनामा ९ जनाको मृत्यु भएको जनाएको छ ।यस्तै सडक विभागका अनुसार आइतबार साँझसम्म वर्षा र पहिरोका कारण ५ वटा सडक अवरुद्ध भएका छन् भने ४१ वटामा एकतर्फी यातायात सञ्चालन भइरहेका छन् ।। 
 

प्रतिक्रिया