उपचुनावका कारण सर्यो ‘घुम्न जाउँ बर्दिया’ अभियान

प्रेमनारायण आचार्य 

भालुबाङ्ग । बर्दिया जिल्लाको पर्यटन प्रवर्धनका लागि लुम्बिनी प्रदेश सरकारले आयोजना गर्न थालेको ‘घुम्न जाउँ बर्दिया’ अभियानको मिति सारिएको छ ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कात्तिक २९ मा बर्दियामा यो कार्यक्रमको शुभारम्भ गर्ने गरि तयारी थालेको थियो । तर बर्दियामा पनि स्थानीय तह उपनिर्वाचन हुने भएकाले यो मितिमा कार्यक्रम आयोजना गर्न नसकिएको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले जानकारी दिए । बर्दियाको ठाकुरबाबा वडा नम्बर ४ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ । उपचुनाव मंसिर १६ गते तोकिएको छ । आगामी २९ गते हुने भनिएको अभियान उद्घाटन अब आगामी मंसिर २१ मा गरिने भएको छ ।

सोमबार बर्दियाका स्थानीय तह, सरोकार वाला पक्ष र लुम्बिनी प्रदेश पर्यटन परिषद विच अभियान उद्घाटन कार्यक्रम बारे छलफल गरिएको थियो । छलफलमा उपनिर्वाचनका कारण कार्यक्रम आयोजना गर्न समस्या हुने देखिएकाले कार्यक्रमको मिति उपचुनाव पश्चात गरिनु पर्ने सुझाव आएको थियो । सोही सुझावका आधारमा आगामी मंसिर २१ गते कार्यक्रम आयोजना गर्ने निर्णय भएको पर्यटन परिषदका कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए ।

प्रदेशको पर्यटन प्रवर्धन गर्ने लक्ष्य सहित प्रदेश सरकारले यो बर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको हो । बर्दियाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर बाह्य पर्यटकहरुलाई बर्दिया जिल्लामा जाने वातावरण निर्माण गर्ने गरि मन्त्रालयले बर्षभरी प्रचारात्मक कार्यक्रम गर्ने छ । बर्दियाको प्रमख आकर्षण त्यहाँ रहेका बाघको दृश्यावलोक हो । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ हेर्नका लागि परिचित थलो हो । यसैगरि  डल्फीन, कृष्णसार लगाएतको अवलोकन बर्दियाका थप आकर्षण हुन् ।

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…