हिरासतबाटै रविको बिफ्रिङ- मेरो पक्राउ राजनीतिक प्रतिशोध, नबुझ्ने सर्वसाधारणलाई बुझाइदिनु

काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधको कसुरमा फक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेबीच सोमबार हिरासतमै भेटघाट भएको छ ।

उक्त भेटघाटमा सभापति लामिछानेले उपसभापतिद्वय अर्याल र वाग्लेसँग कुराकानी गर्दै आफ्नो पक्राउ राजनीतिक प्रतिशोध भएको जनतालाई बुझाउनुपर्ने बताएका छन् । हिरासतमा नराखेरै अनुसन्धान गर्न सकिने भएपनि सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण आफुलाई हिरासतमा राखेको लामिछानेले भनेका थिए ।

‘हामीले गरिरहेको आन्दोलन राजनीतिक प्रतिशोधविरुद्ध भएको कुरा सर्वसाधारण नागरिकले बुझिराख्नुभएको छ कि छैन, सबैलाई राजनीतिक प्रतिशोध भएको स्पष्टसँग बुझाइदिनुहोला । रवि लामिछानेको भनाइ उदृत गर्दै उपसभापति अर्यालले भने ।’

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलनलाई निरन्तरता दिने उपसभापति अर्याल बताउँछन् । आफ्ना सभापति लामिछानेप्रति वर्तमान सरकार हदैसम्मको निर्दयी भएको उनको भनाइ छ ।

‘सभापति लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको हो । रास्वपा विधिको शासनमा अटल विश्वास राख्छ’, ‘उपसभापति वाग्ले भन्छन्, ‘सरकारले कानुनी छिद्रको दुरुपयोग गरिरहेको छ ।’

सभापति लामिछानेलाई भेटेर फर्किएपछि उपसभापति अर्याल र वाग्लेले आगामी दिनमा हुने विरोधका कार्यक्रम बुधबार सार्वजनिक गर्ने जानकारी दिए ।

सभापति लामिछानेलाई सहकारीको रकम गैरकानुनी रुपमा अपचलन गरेको आरोपमा कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो । लामिछानेलाई आइतबार चौथो पटक जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…