नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामका रुपमा प्रगाढ रहँदै आएको बताएका छन् ।
बागबजारस्थित काठमाडौं मोडेल कलेजमा आज भएको ‘भारत–नेपाल फ्रेन्डसीप समिट २०२४ः ग्लोबलाइजेशन एन्ड सोसियो–इकोनोमिक डेभलोपमेन्ट’ कार्यक्रममा मन्त्री गुरुङले नेपाल र भारतको शैक्षिक सम्बन्ध बलियो हुनसके दुवै देशबिचको ज्ञान सीप तथा कला कौशल आदानप्रदानमा सहज हुने बताएका हुन् ।
“दिगो विकासका लागि दुवै मुलुक सहकार्य गरेर अघि बढ्दै आएका छाँै”, मन्त्री गुरुङले भने ।
समिटले बौद्धिक र शैक्षिक बसह सिर्जना गर्ने तथा कुशल शैक्षिक नेतृत्व निर्माण गर्न सघाउ पुग्ने उनी बताउँछन् ।
रासस
प्रतिक्रिया