शेयर बजार परिसूचक नेप्से १४ अंकले बढ्यो
साताको पहिलो दिन शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको हो । आज दुई सय ७१ वटा कम्पनीका ९७ लाख १८ हजार कित्ता शेयर किनबेच भएका छन् । ९५ हजार नौ सय वटा कारोबारमा तीन अर्ब एक करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको शेयर २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । सबैभन्दा धेरै थ्री स्टार र अपर साङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा माउन्टेन इनर्जी नेपाल कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । घोराही सिमेन्टको शेयर १० प्रतिशतले ओरालो लागेको छ । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्यबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बैंकिङ उपसमूह १३, विकास बैंक २१, होटल तथा पर्यटन १०७, जलविद्युत् १८, जीवन बीमा ५८ र निर्जीवन बीमा उपसमूह २४१ अंक बढे । फाइनान्स १, उत्पादन १०, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह ०.१ अंक घटे । आज ९१ कम्पनीको मूल्य बढेको छ । १ सय २३ को घटेको छ भने आठ कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया