कैलालीमा बाख्रा चोरी आरोपमा कुटिएका युवकको उपचारका क्रममा मृत्यु
काठमाडौं । कैलालीमा बाख्रा चोरीको आरोपमा कुटिएका युवकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका– ११ का ३० वर्षीय सुरेश भुलको कुटपिटपछि मृत्यु भएको हो ।
बाख्रा चोरी गरेको आरोप लगाउँदै सुरेशमाथि निर्घात कुटपिट भएको थियो । ’२४ कात्तिकमा उनीमाथि कुटपिट भएकोमा कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो,’ प्रहरीले भन्यो, ’कुटपिटमा संलग्न ५ जना पक्राउ परेका छन् ।’
प्रहरीका अनुसार गौरीगंगा–११ की ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, एक १८ वर्षीय किशोर, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरिएको हो ।
पहिचान नखुलेका एक जनासहित ५ जनालाई सोमबार बिहान इलाका प्रहरी कार्यालय, मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरूमाथि मुद्दा चलाएर अनुसन्धान अगाडि बढाइएको छ ।
प्रतिक्रिया