श्रम स्वीकृति लिएका नेपालीलाई भारतको विमानस्थल हुँदै जाँदा एनओसी नचाहिने

काठमाडौ। श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई  भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने भएको छ।

दिल्लीस्थित नेपाली राजदूतावासले सोमबार सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीहरूलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य जाँदा एनओसी नचाहिने भएको हो।

‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी  लिन पर्नेछैन,’ सूचनामा उल्लेख छ।

साथै अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ।

त्यस्तै श्रम स्वीकृति नभई साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमान, बहराइन, इराक, लिबिया, र लेबनन जानेलाई भने एनओसी जाने दूतावासले जनाएको छ। 

रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने छ।

प्रतिक्रिया