उपनिर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने

काठमाडौं । मंसिरमा हु्ने स्थानीय तहको उपनिर्वाचन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक्लै लड्ने भएको छ । आज बसेको माओवादी पदाधिकारी बैठकले उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको हो । माओवादीले आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका भने खुलै राखेको छ ।

आगामी चुनावलाई मध्यनजर गर्दै पालिका सम्मेलनलाई खबरदारी सभाका रुपमा समेत अघि बढाउने निर्णय समेत माओवादीले गरेको छ । खबरदारी सभामा सकेसम्म शीर्ष नेताहरु पुग्ने माओवादीको योजना छ । त्यस्तै पार्टीले पुस २ गते पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको छ । देशभरका गाउँपालिकाहरुको सम्मेलन मंसिर महिना भित्रमा गरिसक्ने निर्णय पनि माओवादीको छ ।

माओवादीले बर्तमान संविधानलाई संशोधन गरेर थप अग्रगामी बनाउनुपर्नेमा जोड दिएको छ । संविधान संशोधन गर्ने हो भने अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने माओवादीको निस्कर्ष छ । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने सापकोटाको भनाइ छ । यस्तै, विषयगत विज्ञता भएका गैरसंसदहरुलाई मात्र मन्त्री बनाउनुपर्ने पक्षमा समेत माओवादी रहेको छ ।

प्रतिक्रिया