युक्रेन र रुसबीच ड्रोन आक्रमण, मस्को निशानामा
एजेन्सी । रुस र युक्रेनबीच युद्ध सुरु भएयता एक अर्काविरुद्ध भीषण ड्रोन हमला गरेका छन्।
युक्रेनले रुसको राजधानी मस्को केन्द्रित गरेर डोन आकामण गरेको छ । रुसको रक्षा मन्त्रालयले आफूले विभिन्न छ स्थानबाट ८४ वटा युक्रेनी ड्रोनलाई निष्क्रिय तुल्याएको जनाएको छ। युक्रेनी ड्रोनका कारण राजधानी मस्कोका तीनवटा प्रमुख विमानस्थलबाट उडानहरू अन्यत्र मोड्नुपरेको थियो।
यसैगरी युक्रेनको वायुसेनाका अनुसार रुसले शनिवार राति १४५ वटा ड्रोन आफ्नो देशका विभिन्न ठाउँमा पठाएको र तीमध्ये अधिकांशलाई खसालिएको जनाएको छ
अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दुवै पक्षलाई द्वन्द्व अन्त्य गर्न दबाव दिन सक्ने अपेक्षा गरिएकै बेला यी आक्रमणहरू भएका हुन्।
मस्कोमा हमला गर्ने युक्रेनको प्रयासलाई युद्ध सुरु भएयताकै उसको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। एक क्षेत्रीय गभर्नरले त्यसलाई “भीषण“ भनेका छन्। सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेन माथि एक्कासी आक्रमण गरेको थियो । त्यस यता दुबै देशबीच युद्ध जारी छ ।
प्रतिक्रिया