उपनिर्वाचनका लागि प्रमुख दलका गतिविधि स्थानीय तह मानै केन्द्रीत

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन नजिकै आउदा प्रमुख दलका गतिविधि स्थानीय तह केन्द्रीत हुन थालेका छन । सोही क्रममा मोरङमा नेपाली कांग्रेस ग्रामथानले तेतरीयामा उम्मेदवार घोषणा सभा गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्व युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले आसन्न स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको रूपमा बलराम सरदार थारुको नाम घोषणा गरेका छन ।

कार्यक्रममा कांग्रेस युवा नेता तथा पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे लगायतले स्थानीय तह उपनिर्वाचनमा कांग्रेस पहिलो दल हुने दाबी गरे । ग्रामथानमा माओवादी केन्द्रले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कोशी प्रदेशमा विभिन्न ९ पदमा उपनिर्वाचन हुन लागेको छ ।

त्यसमध्ये ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखपछि ग्रामथान गाउँपालिका अध्यक्ष पदमा हुने निर्वाचनमै सबैको ध्यान केन्द्रित देखिएको छ । स्थानीय तहको २०७९ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदारको हृदयघातका कारण मृत्युु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया