सुन तस्करी प्रकरणमा सरकारकै उच्च नेतृत्व संलग्न रहेको एमालेको आरोप

वर्तमान सरकार कायमै रहे मुलुक असफल राष्ट्र बन्ने दाबी

नेकपा एमालेले सुन तस्करी प्रकरणमा स्वतन्त्र र निश्पक्ष उच्चस्तरिय छानबिन समितिको अडानबाट पछि नहट्ने भएको छ । आज  पार्टी कार्यालय च्यासल ललितपुरमा विशेष पत्रकार सम्मेलन गर्दै एमालेले उच्चस्तरीय छानबिन आयोग गठन एमालेको सर्त यथावत रहेको बताएको हो । पार्टीले अघि सारेको माग पुरा नभएसम्म दबाबका कार्यक्रम जारी नै राख्ने एमालेले स्पष्ट पारेको छ । सत्ता संरक्षित र सुनियोजित ढंगले भएको सुन तस्करी प्रकरणका घटना बारम्बार दोहोरिएकाले गहिराइमा पुगेर अनुसन्धान हुनुपर्ने एमालेको माग छ । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले सय केजी सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउँ भन्दा सरकार तर्सिने गरेको बताए । गृह मन्त्रालयकै नेतृत्व जोडिएको प्रकरणमा एसपीको नेतृत्वमा छानबिन समिति बनाउँदा एसएसपीको निर्देशनले अभियुक्त उम्किने उनको भनाइ छ । अध्यक्ष ओलीले आफूहरु अहिले संसद् चलाउन खोजिरहे पनि सत्ता पक्षले नै अवरोध गरिरहेको पनि दाबी गरे ।
 

प्रतिक्रिया