अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटवार्ता हुदै
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पबीच भेटवार्ता हुने भएको छ । दुवै नेताबीच आगामी बुधबार बिहान अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ओभल अफिसमा भेटवार्ता हुने राष्ट्रिय सल्लाहकार जेक सुलिभनले जानकारी दिएका हुन ।
अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले ऐतिहासिक जित हासिल गरेपछि बाइडनको निमन्त्रणमा पहिलो पटक दुई नेताबीच वार्ता हुन लागेको हो । दुई नेताले घरेलु र विदेश नीतिकाबारे छलफल गर्ने सल्लाहकार सुलिभानले बताएका छन ।
भेटमा बाइडनले ट्रम्प प्रशासनलाई युक्रेनको विषयबाट टाढा नहट्न आग्रह गर्ने बताइएको छ । युरोपमा थप अस्थिरता निम्तिन सक्ने भन्दै बाइडनले ट्रम्पलाई युक्रेनी विषयबाट पछि नहट्न आग्रह गर्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
दुई नेताबीच एसिया र मध्य पूर्वबारे पनि छलफल हुने अपेक्षा छ । ट्रम्पले आफ्नो कार्यकाल सम्हाल्नुभन्दा अगाडि नै युक्रेनलाई थप ६ अर्ब डलर सहयोग प्रदान गर्ने बाइडेन प्रशासनको योजना छ ।
प्रतिक्रिया