स्थानीय तहमा उपनिर्वाचन शिक्षा कार्यक्रम प्रत्यायोजन
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि निर्वाचन शिक्षा कार्यक्रम स्थानीय तहमा प्रत्यायोजन गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन,मा पनि आयोगले स्थानीय तहमार्फत नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।
निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी हुने भएकाले स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने गरी कार्यविधि तयार भएको हो । आयोगले उपनिर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ तयार गरेको छ ।
सो कार्यविधिले निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने बजेटसमेत वार्षिक बजेटमा स्थानीय तहले समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । सो शीर्षकमा यसअघि निर्वाचन आयोगले आफैँ बजेट व्यवस्थापन गर्दै आएको थियो । स्थानीय तहमा रिक्त रहेका ४४ पदको निर्वाचन मङ्सिर १६ गते आइतबार हुँदै छ ।
प्रतिक्रिया