सुन प्रकरण र संसद अधिवेसनबारे एमालेले बिशेष पत्रकार सम्मेलन गर्दै
नेकपा एमालेले सुन प्रकरण र संसद अधिवेसनबारे बिशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।नेकपा एमाले केन्द्रिय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगाएत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रिय प्रचार तथा प्रकाशन बिभागले जनाएको छ । एमालेले विमानस्थल सुन प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया