रविलाई हिरासतमा राख्न १३ दिन म्याद थप

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सहकारी ठगी र संगठित अपराध आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।  

प्रतिक्रिया