रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति अरु बन्दैनन्: डी.पी. अर्याल

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन् ।

सभापति लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति अरु कोही नबन्ने बताएका हुन् ।

 अर्यालले भने, ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो ।’
 सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परे पनि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन ।

कार्यवाहक सभापति नतोकिएपछि धेरै चासो दिएका छन् । त्यसपछि लक्षित गर्दै डीपी अर्यालले लामिछानेको विकल्प नभएको बताएका हुन् ।

 

प्रतिक्रिया