सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

काठमाडौ। सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले निरौला र पाण्डेयलाइ सर्वोच्चको न्यायाधीशमा  नियुक्त गरेका हुन्। 

राष्ट्रपति पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरेका हुन्। 

निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।

उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदनसमेत भएको थियो।

प्रतिक्रिया