प्रधानमन्त्री ओली द्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । आइतबार साँझ बस्नेगरी प्रधानमन्त्री के.पी. शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । 

आइतबार साँझ पाँच बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री आलीले मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । 

गत बिहीबार बस्नुपर्ने मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक हुँदै आएको छ । सोमबार प्रधानमन्त्री ओली काठमाडौं उपत्यका बाहिर जाने कार्यक्रम रहेकाले आइतबार मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

आइतबारको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने सम्भावना रहेको बताइएको छ । 

प्रतिक्रिया