कांग्रेस नेता कार्यकर्तालाई मुद्दा चलाउँदा कुनै हो-हल्ला नगरेको देउवाको तर्क

काठमाडौ। सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै  रवि लामिछानेको विषयमा हो-हल्ला नगर्न आग्रह गरेका छन्।
आइतबार धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले रवि लामिछाने अघि कांग्रेसका नेताहरू पनि प्रहरीले समातेको तर‚ कांग्रेसले कुनै दिन हो–हल्ला नगरेको बताए । उनले कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउँदा आफूहरूले कुनै हल्ला नगरेको स्पष्ट पारे । मुद्दा लागेको कुरा अदालती विषय भएको उनले भनाई थियो।

देउवाले पूर्वसहमतिअनुसार कांग्रेस-एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए।

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ गरी कास्की अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।

रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै सडक आन्दोलन गरिराखेको छ।

प्रतिक्रिया