ढोरपाटनका मेयर नेपालीलाई कास्की ल्याएर बयान लिन सुरु
काठमाडौ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको बयान लिन सुरु भएको छ । इमेज सहकारी ठगी प्रहरणमा बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई कास्की ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु भएको हो । ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेका थिए । इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए । इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप लागेका नेपालीलाई सूर्यदर्शन सहकारी प्रकरणमा पनि जोडिएका छन् । सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।।
प्रतिक्रिया