बाढीले बगर बनायो गोटीखेल बजार, ६ अर्बको संरचना ध्वस्त

ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । 

जिल्लाका विभिन्न भागमा बाढी पहिरो बाट ६ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो । 

“त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियोे,१०८ शिवलिङ्ग थिए, हवन कुण्ड, पक्की भवन थियो। संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,” वडा कार्यालय बाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भने ।  निरन्तरको झरिले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुङ्गा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो । 

बाढी पीडित स्थानीय प्रेम श्रेष्ठले भने, “मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियोे, अर्को कच्ची दुवै बगे । वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे । बाढी पहिरोमा परेर गाउँका तीन जनाको मृत्यु भयो । उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो ।”

विसं २०५३ देखि विद्युत उत्पादन गरिरहेको यहाँको साना जलविद्युत् गृहमा आंशिक क्षति भएको छ भने बाढीले प्रहरीका दुई वटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए । 

खानेपानीका अधिकांश ट्याङ्की र पाइप नष्ट भएका छन् । दुई हजार तीन सय घर मध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मे हम्मे परेको छ । हाल सम्म बाढीले बगाएका सडकको मर्मत सम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले बताए । 

यसैबीच, दैवीप्रकोप पीडितहरूका लागि प्रदेश सरकारले २० लाख दिएको छ भने सङ्घले क्षतिको आधारमा गाउँपालिकालाई ‘क’ वर्गमा वर्गीकरण गरी  एक करोड प्रदान गरेको छ । बिस्थापितहरुको पुनर्वासका साथै नासिएका मासिएका भौतिक संरचनाको पुनःनिर्माणका लागि बहुवर्षीय योजना अनुसार काम गर्न सङ्घ, प्रदेश र स्थानीय तह सँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बबताए । 

“विस्थापितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आधा रोपनी जग्गा स्थानीय तहले सिफारिस गरिसकेको छ, अब जिल्ला प्रशासन कार्यालय मार्फत मन्त्रिपरिष द्बाट निर्णय हुनेमा हामी आशावादी छौँ”, उनले भने । 
रासस 

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…