रविलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरण सँग जोडिएका र संगठित अपराध कसूर अन्तर्गत अनुसन्धान अगाडि बढाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले पुनः म्याद थपको लागि कास्की जिल्ला अदालतमा पेश गरेको छ ।
संगठित अपराध कसूर अन्तर्गत रवि विरुद्ध अनुसन्धान अगाडि बढाइएको र अनुसन्धान अझै नसकिएकोले म्याद थपका लागि अदालत पेश गरिएको हो । यसअघि अदालतले दिएको थप १० दिनको समय पनि सकिए पछि प्रहरीले अनुसन्धानको लागि भन्दै थप समय माग्ने तयारी गरेको हो ।
रविलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । असोज ८ गते अनुसन्धानको लागि कास्की जिल्ला अदालतले प्रहरीलाई थप ७ दिनको समय दिएको थियो ।
रवि विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया