उत्तरी गाजा क्षेत्रमा युद्धका कारण अनिकाल व्याप्त
एजेन्सी । उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा रोकका कारण अनिकाल परेको छ ।
संयुक्त राष्ट्रसंघको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले गाजा क्षेत्रमा युद्धका कारण अनिकाल व्याप्त रहेको देखाएको हो । प्रतिवेदनमा गाजापट्टीमा तीव्र गतिमा बिग्रँदै गएको परिस्थितिले गर्दा भोकमरी फैलिने सम्भावना देखाएको छ । अहिले सो क्षेत्रका ३ लाख ४५ हजार मानिसले खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजाको उत्तरी क्षेत्रमा खाद्य प्रणाली ध्वस्त भएको, मानवीय सहायतामा कमी आएको र पानी र सरसफाइको अवस्था नाजुक भएको छ । यसैबीच कतारले गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्ताको भूमिका बाट पछि हटेको छ ।
खाडी मुलुक कतारले हमासलाई उसको दोहा कार्यालय बाट गाजा युद्धविराम र बन्धक सम्झौताका लागि काम गर्न नसक्ने पनि बताएको हो । अमेरिका र इजिप्ट सँग कतारले बन्धक र कैदीहरूको रिहाईको लागि युद्धविरामको लागि महिनौं देखि निरर्थक देखिएको वार्ता वार्ताको नेतृत्व गरिरहेको छ ।
प्रतिक्रिया