रविलाई म्याद थपका लागि आज अदालतमा लगिने
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरण सँग जोडिएका र संगठित अपराध कसूर अन्तर्गत अनुसन्धान अगाडि बढाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले पुनः म्याद थपको लागि आज कास्की जिल्ला अदालतमा पेश गर्ने भएको छ ।
संगठित अपराध कसूर अन्तर्गत रवि विरुद्ध अनुसन्धान अगाडि बढाइएको र अनुसन्धान अझै नसकिएकोले आज म्याद थपका लागि अदालत पेश गर्न लागिएको प्रहरीले जनाएको छ । यसअघि अदालतले दिएको थप १० दिनको समय पनि सकिए पछि प्रहरीले अनुसन्धानको लागि भन्दै थप समय माग्ने तयारी गरेको हो ।
रविलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । असोज ८ गते अनुसन्धानको लागि कास्की जिल्ला अदालतले प्रहरीलाई थप ७ दिनको समय दिएको थियो । रवि विरुद्ध रुपन्देही जिल्ला अदालतले यस अघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ ।
त्यस्तै, इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका ढोरपाटनका प्रमुख देवकुमार नेपालीलाई थप अनुसन्धानको लागि आज पोखरा ल्याइँदैछ । पोखरामा रहेको इमेज सहकारी मार्फत् झण्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याउन लागिएको हो ।
प्रतिक्रिया