पाकिस्तानको रेलवे स्टेसनमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

एजेन्सी । पाकिस्तानको क्वेटा शहरमा रहेको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । 

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा बम आक्रमणमा १४ जना सैनिक सहित २५ जनाको मृत्यु भएको हो । विस्फोटमाा परी ४६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरेका छन् । क्वेटाका प्रहरी अधिकारीले क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरूले रेल पर्खिरहेका बेला स्टेसनमा विस्फोट भएको जनाएका छन् । 

घाइतेहरूलाई सिभिल अस्पताल र क्वेटाको ट्रमा सेन्टरमा पठाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच बलुच लिबरेशन आर्मीले हमलाको जिम्मेवारी लिएको छ । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया