ठगीको अभियोगमा २ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा  रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका छन् । 

अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडित बाट १९ लाख ७० हजार र पराजुलीले आठ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभाग समक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
रासस 

प्रतिक्रिया