गाजा युद्धविराममा कतार मध्यस्थकर्ता नरहने

एजेन्सी । कतार गाजा युद्धविराम वार्ताको मध्यस्थकर्ता बाट पछि हटेको छ । 

गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्ताको हैसियत बाट कतार पछि हटेको हो । खाडी मुलुक कतारले हमासलाई उसको दोहा कार्यालय बाट गाजा युद्धविराम र बन्धक सम्झौताका लागि काम गर्न नसक्ने पनि बताएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कतारले आफ्नो निर्णय बारे इजरायल र हमासका साथै अमेरिकी प्रशासनलाई समेत जानकारी गराइसकेको बताइएको छ ।

कतारले अमेरिकी प्रशासनलाई दुवै पक्षले वार्ताको टेबुलमा फर्कन इमानदार इच्छा प्रदर्शन गरेमा मध्यस्थतामा पुनः संलग्न हुन तयार रहेको पनि जानकारी गराएको छन् । 

प्रतिक्रिया