विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नती संभव रहेको मन्त्री बस्नेतको भनाइ, विद्युतीय सवारी साधनको प्रयोग बढाउन आग्रह

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् । शनिवार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको ¥यालीमा सहभागी हुँदै मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरण संभव रहेको बताएका हुन् । उनले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउन आग्रह समेत गरे । 
मन्त्री बस्नेतले देशको आर्थिक विकास र समुन्नतीमा नेपाल विद्युत प्राधिकरणले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे । भदौ १ गते आफ्नो ३८ औं वार्षिकोत्सव मनाउन लागेको विद्युत प्राधिकरणले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

प्रतिक्रिया