पर्यटन प्रवर्द्धनका लागि टोखामा सडक नेवाः खाजा महोत्सव

काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र टोखामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि टोखा नेवाः सडक खाजा महोत्सव आयोजना गरिएको छ ।

टोखा नगरपालिका–२ र ३ को आयोजना तथा नेवाः गुठी र  टोखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिको व्यवस्थापनमा आज शनिबार महोत्सव आयोजना गरिएको हो । टोखा गेटदेखि गणेशस्थान मन्दिरसम्म सडक खाजा महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको टोखा नेवाः गुठीका अध्यक्ष रमेश नापितले जानकारी दिए ।

उनले टोखामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले धनी टोखामा स्थानीय दिदीबहिनीले बनाएका खानाका परिकार र उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शन गरिएका उनले जानाकरी दिए ।
 

प्रतिक्रिया