उपाध्यक्ष ठकुरीको संयोजकत्वमा एनआरएनए यूएईद्वारा राहत तथा उद्धार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले राहत तथा उद्धार समिति गठन गरेको छ । उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजकत्वमा गठन गरिईएको समितिमा अरुण अधिकारी, मानबहादुर सुनार, प्रकाश थापा, गीता विष्ट, विनोद रत्न तुलाधर, कुमार श्रेष्ठ र नवराज श्रेष्ठ रहेनेगरि समिति गठन गरिएको हो । 
एनआरएनए यूएई नेपाल एसोसिएसनको नाममा दुबई र नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट मान्यताप्राप्त संस्थाको रुपमा चिनिन्छ । आम नेपाली श्रमिकहरुको स्वयंसेवी सेवा र सहयोगका लागि समिति गठन गरिएको अध्यक्ष विकास शाहीले जानकारी गराए।

रोजगारीको सिलसिलामा युएई आएर समस्यामा परेका वास्तविक पिडीत नेपालीको राहत सहयोग र उद्दारका लागि समितिले स्थानीय प्रहरी, स्थानीय सम्वन्धित निकायहरु, नेपाल सरकार, नेपाली राजदूतावास तथा अन्य सरोकारवालाहरुसँग समन्वय गरी काम गर्ने शाहीको भनाइ छ । 

आपत तथा समस्यामा परेका वास्तविक पीडीतहरुले संयोजक तथा सदस्यहरुलाई प्रत्यक्षे नै सम्पर्क गर्न सक्नेछन । 

प्रतिक्रिया