परिणाममुखी काम गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता
दमौली (तनहुँ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् ।
शनिबार नेपाली काँग्रेस शुक्लागण्डकी नगर समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मन्त्री पौडेलले आफूले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब परिणाममुखी काम गर्ने गरी खटिरहेको दाबी गरे। मन्त्री पौडेलले भने, “आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ, अब त्यसलाई सूक्ष्म ढङ्गबाट कार्यन्वयन गर्नेतर्फ अगाडि बढेका छौँ ।”
एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा हुने गरी सरकारले काम गर्ने मन्त्री पौडेलको भनाइ थियो ।
अर्को प्रसङ्गमा मन्त्री पौडेलले पूराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गरे । उनले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहार बीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा ब्यक्त गरे ।
रासस
प्रतिक्रिया