कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने महामन्त्रीको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।

शनिबार फेसबुकमा एक स्टाटस लेख्दै उनले सहकारी, मानव तस्करी लगायतका सबै प्रकरणमा सत्ता नजिकका भएपनि टाढाका भएपनि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

उनले गल्ती गर्नेले सजाय भोग्नुपर्ने भन्दै कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नमिल्ने स्पष्ट पारे ।

प्रतिक्रिया